मणिपाल आन्दोलन: बतास सम्मिलित त्रिपक्षीय वार्ता पनि निष्कर्षविहीन
पाेखरा | असार १४, २०७९
पोखरा: मणिपाल अस्पतालमा जारी आन्दोलनको विषयमा बसको त्रिपक्षीय वार्ता आज पनि (मंगलबार) निष्कर्ष विहिन टुङ्गिएको छ ।
अस्पतालका कर्मचारीले प्रशासनसँग विभिन्न माग राख्दै सुरु गरेको आन्दोलन आज २६ दिन बितिसक्दा पनि अस्पताल व्यवस्थापन समिति, कर्मचारी र बतास समूहका प्रतिनिधिबीच भएको त्रिपक्षीय वार्ता निष्कर्ष विहिन टुङ्गिएको नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियन मनिपाल इकाईका अध्यक्ष अमृत पौडेलले सुनगाभा न्यूजलाई जानकारी दिए ।
उनका अनुसार बतास समूहका प्रतिनिधि नारायण पौडेल, रमेश पराजुली, अस्पताल व्यवस्थापन समिति र कर्मचारीबीच वार्ता भएको थियो । तर वार्ता त्रिपक्षीय वार्ता निष्कर्ष विहिन भएपछि पुन: भोली (बुधबार) वार्ता बस्ने गरि स्थगित भएको हो ।
आन्दोलन किन ?
सन् २०१० मा कर्मचारी संगठनहरुसँग गरेको सहमति कार्यान्वयन नगरेको, अस्पतालले कर्मचारीहरुलाई किरिया बिदा नदिएको, सुत्केरी र स्याहार बिदा नदिएको, सञ्चित बिदा र अत्रिरिक्त ड्युटीबापतको रकम नदिएको, उपदान नदिएको र समय अनुसार कर्मचारीको तलब वृद्धि नगरेको उनीहरुले जनाएका छन् ।
यसको विपरीत अस्पताल प्रशासनले नेपाल सरकारको श्रम ऐन अनसार सबै सेवा दिएको भन्दै अडिग रहेको छ ।
कास्की । पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ । भोलिदेखि (अस...
भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...
काठमाडौँ । नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ। उक्त प्रक्रियाका कारण नेप...

